हाम्रो वारेमा
नेपाल विविध भाषिक, सांस्कृतिक तथा जातीय विविधताले भरिपुर्ण देश हो। नेपालको आदिवासी जनजातिमध्ये किरात वंशका कुलुङ एक महत्वपूर्ण जाति हुन्, जसको उद्गम स्थल सोलुखुम्बुको महाकुलुङ क्षेत्र हो। कुलुङ जाति हाल नेपालका विभिन्न २२ भन्दा बढी जिल्लाका साथै विदेशका थुप्रै देशहरूमा पनि फैलिएको छ।
कुलुङ जातिको भाषा, संस्कृति, सामाजिक पहिचान र शैक्षिक अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्न २०६१ साल असोज १६ गते स्थापित कुलुङ विद्यार्थी संघ एक सचेत, अग्रगामी र प्रतिबद्ध संगठन हो। नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (NKKBSUS) को भातृ संस्था रूपमा स्थापना भएको यो संघका संस्थापक अध्यक्ष श्री धन कुबिर कुलुङ हुन्।
संघले कुलुङ विद्यार्थीहरूलाई संगठित गर्दै शैक्षिक गोष्ठी, छात्रवृत्ति, स्वास्थ्य शिविर, जनचेतना कार्यक्रम, भाषा-संस्कृति संरक्षण लगायत गतिविधिमार्फत समुदायमा सकारात्मक योगदान पुर्याउँदै आएको छ। यद्यपि स्रोत अभाव र अन्य चुनौतीहरूको बाबजुद संघ आफ्ना उद्देश्यहरूप्रति प्रतिबद्ध रही कुलुङ समुदायको समग्र विकासका लागि निरन्तर सक्रिय छ।
Nepal is a country known for its rich linguistic, cultural, and ethnic diversity. Among its indigenous communities, the Kulungs of Kirat descent are a significant group originating from the Mahakulung region of Solukhumbu district. Today, the Kulung community is spread across more than 22 districts of Nepal and several countries worldwide. To safeguard and promote their language, culture, identity, and educational rights, the Kulung Students’ Association was established on Asoj 6, 2061 BS. As a conscious, progressive, and committed organization, it plays a vital role in uniting Kulung students and empowering them through various initiatives. These include educational seminars, scholarship programs, health camps, public awareness campaigns, and activities focused on preserving Kulung language and culture. Despite challenges such as limited resources and structural constraints, the association continues to work actively and remains dedicated to the overall development and upliftment of the Kulung community, both within Nepal and abroad.
We Have
एकता, जागरुकता र अग्रगमन – कुलुङ युवाको पहिचान “Unity, Awareness, and Progress – The Identity of Kulung Youth!”
Power Of Kulung
Blogs
Our language, our culture – The commitment of Kulung Students’ Union!”

मानव अधिकार उल्लंघन सम्बन्धि र्याली मानव अधिकार दिवस २०८०
मानव अधिकार उल्लंघन सम्बन्धि र्याली मानव अधिकार दिवस २०८०

विश्वको सर्वोच्च शिखर सगरमाथामा कुलुङ विद्यार्थी संघको झण्डा फहराइएको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा कुलुङ विद्यार्थी संघको झण्डा फहराइएको छ। आरोहि एवम् पथप्रदर्शक जनकराम कुलुङले बैशाख ३१ गते विहान सगरमाथाको चुचुरोमा झण्डा पर्याएर फहराएका हुन् । कुलुङ सहितको टोली सगरमाथा आरोहणका लागि गत चैत २४ गते काठमाडौंबाट प्रस्थान गरेका थिए। वैशाख २१ गते आधार शिविरबाट हिँडेको टोली २०८० वैशाख ३१ गते विहान ७:३० बजे सफल आरोहण गर्दै सगरमाथाको चुचुरोमा पुगेका थिए। विश्वको सर्वोच्च शिखरमा कुलुङ विद्यार्थी संघको झण्डा पुर्याएर फहराउने आरोहि कुलुङ प्रति कुलुङ विद्यार्थी संघका केन्द्रीय अध्यक्ष समिप कुलुङले आभार ब्यक्त गर्नुभयो । 'कुलुङ विद्यार्थी एकता पहिचानमा आधारित मातृभाषामा शिक्षा आजको आवस्यकता' भन्ने कुलुङ विद्यार्थी संघको नारालाई सार्थक बनाउन सहयोग पुगेको उहाँले प्रतिकृया दिनुभयो ।

नेपाल किरात कुलुङ विद्यार्थी संघ केन्द्रीय कार्यसमिति २०७९
अध्यक्ष :- समीप मान्थेर्बू (काठमाडौ )
अध्यक्ष समीप मान्थेर्बू (काठमाडौ )9867268105
महासचिव :- दिवस होदिबू (सोलुखुम्बु )
महासचिव :- दिवस होदिबू (सोलुखुम्बु ) 9866791375
कोषाध्यक्ष :- सृष्टि ताम्बूछा (सोलुखुम्बु)
कोषाध्यक्ष :- सृष्टि ताम्बूछा (सोलुखुम्बु)
Wish to know more about admissions and updates? Subscribe now!
