नेतृत्व (Leadership) भन्ने शब्दले कुनै समूह, संगठन, वा समाजलाई सही दिशा प्रदान गर्ने, उद्देश्य हासिल गर्ने उत्प्रेरणा दिने, र आवश्यक निर्णयहरू लिने क्षमतालाई जनाउँछ। नेपाल किराँत कुलुङ विद्यार्थी संघ (कूलू सेस्मोछा गूस्खम)को हकमा भने कुलुङ विद्यार्थीहरुलाई शिक्षाका साथै आफ्नो जातीय पहिचानका निमित्त राजनैतिक, शैक्षिक, भाषिक, साँस्कृतिक स्वपहिचानमा पनि संगठित भई समुदायलाई सुसूचित गर्ने/गराउने, उत्प्रेरित गर्ने साथै आवस्यक निर्णय गरि समग्र कुलुङ विद्यार्थीहरुबाट सम्पुर्ण समुदाय स्तरमा पुर्‍याउन भुमिका खेल्नु हुनेछ। यसलाई सरल रूपमा भन्नुपर्दा, नेतृत्व भनेको समग्र कुलुङ विद्यार्थीहरुलाई सहकार्य गर्न, निर्णय लिन, र साझा लक्ष्य प्राप्त गर्न सहयोग गर्ने कला र सीप हो भन्ने बुझ्न सकिन्छ। नोट - नेपाल किराँत कुलुङ विद्यार्थी संघ (कूलू सेस्मोछा गूस्खम)को नेतृत्व Sub-menu मा हेर्न सक्नुहुनेछ।