फाल्गुन ८ गते
“भाषा, धर्म, संस्कृति, पहिचानको प्रवद्र्धन हाम्रो कर्म हो।
जातिय एकता र कुलुङजातिको संवद्र्धन कुलुङ विद्यार्थी संघको मर्म हो।“ भन्ने मुल नाराका साथमा किराँत कुलुङ विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुसगँको समन्वयमा ईकाई कमिटी सगरमाथा मा. वि बुङद्वारा आयोजना गरिएको कार्यक्रमा सभाध्यक्ष जोन कुलुङ, प्रमुख अतिथि सुमित्रा कुलुङ, सगरमाथा मा.वि का प्र.अ एका बहादुर थुलुङ, साथै शिक्षक, अभिभावक र बिद्यार्थीहरूको उपस्थितिमा कुलुङ भाषा संस्कृतिको संरक्षण र सवद्वन गर्न उदेश्यले
कुलुङ भाषामा गीतमा युगल नृत्य प्रतियोगिता सम्पन्न गराएको छ। उक्त प्रतियोगिताबाट
१,प्रथम– सुदिप कुलुङ, समीक्षा कुलुङ, सबिता कुुलुङ, नम्रता कुलुङ
२,दितिय– साधना कुलुङ, आशा कुलुङ, सारदा कुलुङ, पुजा कुलुङ
३,तृतिय– सनिता कुलुङ, प्रिन्सा कुलुङ, सुस्मिता कुलुङ, टीका कुलुङ, रोमिणा कुलुङ भए। स्थान प्राप्त गर्ने कलाकारहरूलाई स्टेस्नरी सामाग्री सहित पुरस्कृत गरिएको छ।
गुदेल मा.वि. इकाई कार्यसमितिद्वारा "कुलुङ भाषा संस्कृति संरक्षणमा विद्यार्थीको भुमिका" शीर्षकमा वक्तृत्व कला कार्यक्रम सम्पन्न।
